काँग्रेस नेता आचार्यको निधनमा सभापति देउवाद्धारा दुःख व्यक्त

आइतबार, १३ साउन २०७५, १९ : ०९
काँग्रेस नेता आचार्यको निधनमा सभापति देउवाद्धारा दुःख व्यक्त


काठमाडौँ । नेपाली काँग्रेसले नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आचार्यको निधनमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

यसैबीच, काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी आज बिहान निधन हुनुभएका ६३ वर्षीय आचार्यको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।

नुवाकोट काँग्रेसका पूर्वमहासमिति सदस्यसमेत रहनुभएका उहाँ क्यान्सरसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । -रासस

प्रतिक्रिया दिनुहोस