काठमाडौंबाट दुबई जाने जहाजका पाइलटले मदिरा सेवन गरेपछि उडान प्रभावित

आइतबार, १३ साउन २०७५, १८ : २२
काठमाडौंबाट दुबई जाने जहाजका पाइलटले मदिरा सेवन गरेपछि उडान प्रभावित

काठमाडौं । आइतबार काठमाडौंबाट दुबईका लागि उड्न लागेको फ्लाई दुबईको एफजेड कल साइनको  विमानका पाइलटले मदिरा सेवन गरेपछि उडान प्रभावित बनेको छ ।   पाइलटले मदिरा सेवन गरेको कारण फ्लाई दुबईको उडान रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
फ्लार्इ दूबईबाटै  आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गर्दा मदिरा सेवन गरेको पाइएको थियो ।  विमानस्थल स्रोतका अनुसार आइतबार बिहान ९ः४० बजे विमान दूबई उड्न लागेको थियो । यसैबीच विमानस्थलमा रोकिएको फ्लाई दुबईको जहाज बेलुकी ७ः२० बजे दुबई उड्ने भएको छ । दुबईबाट अर्का पाइलट आएपछि बेलुकी ७ः२० बजे नयाँ उडान तालिका तय भएको फ्लाई दुबईको नेपाल कार्यालयका स्टेशन म्यानेजर अबिक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस