काठमाडौं । ओखलढुंगाका डा. वसन्त कार्की सुन्धाराको एक होटलमा मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझ ६ बजे प्रहरीले डा. कार्कीलाई सुन्धारास्थित एक होटलमा उनी बसिरहेकै कोठाभित्र मृत अवस्थामा फेला पारेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजालकाअनुसार बुधबार साँझ उहाँ होटलको आफू बसिरहेको कोठामा मृत अवस्थामा फेला पारेको थियो ।
हिजो साँझ ४/५ बजेसम्म बाहिर ननिस्केपछि होटलवालाले ढोका ढकढकाउदा नखुलेपछि प्रहरीलाई खबर गरेको थियो। ढोकाको काँचको छिडीबाट हेर्दा सुतिरहेको अवस्थामा देखेपछि ढोका फोडेर भित्र पस्दा कार्की मृत अवस्थामा थिए ।
प्रहरीकाअनुसार केही विषका बट्टाहरु पनि सुतेको कोठाबाट बरामद भएका छन् । प्रहरीले उहाँलाई मुखबाट फिज निस्केको अवस्थामा फेला पारेको थियो । अहिले घटनाबारे प्रहरीले थप
अनुसन्धान जारी राखेको छ । डा. कार्कीले १५ जेठबाट कोठा लिएर बसेको जानकारी आफूहरुलाई प्राप्त भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए । प्रहरीकाअनुसार उहाँले आफू वर्कसपका लागि प्रिजेन्टेसनको तयारी गरिरहेकाले डिस्टर्व नगर्न होटलका कर्मचारीलाई आग्रह गरेका थिए ।
नेपाल चिकित्सक संघले डा. कार्कीको असामयिक निधनबाट स्तब्ध भएको जनाएको छन् । ‘ओखलढुंगाको सच्याम स्थायी घर भएका डा. कार्कीले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए । छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत दुई वर्ष छात्रवृत्ति करारनामाअनुसार ओखलढुंगामै काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन
डाक्टर पनि बेरोजगार, काम पाए पनि छैन तलब
नक्कली डाक्टर पक्राउ
इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु