काठमाडौं । पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश आन्नदमोहन भट्टराईको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारादा कठायत बोहोराले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । सर्वोच्चमा दर्ता भएको मुद्दा निवेदनमा नेपाल कानून, कानूनले तोकेको कार्यविधि, सर्वोच्च अदालतका विभिन्न मुद्दाहरुमा प्रतिपादित सिद्धान्तसमेत प्रतिकुल हुने गरी चौधरीको जन्मकैदको सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिस र सोही सिफारिसको आधारमा सजाय माफी दिने राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध विपक्षीको नाममा परमादेश, प्रतिषोधलगायतका आदेश जारी गर्न माग गरिएको छ ।
टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा चौधरीविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वाेच्च अदालतले पनि सदर गरेको थियो । तर, जेलभित्रै रहेर राजनीतिक दल खोलेका चौधरीको पार्टीले गत निर्वाचनमा चार सीट जितेपछि उक्त दल अहिले सरकारमा रहेको छ । चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था मन्त्री छिन् ।
सरकारले राजनीतिक सत्ता समीकरणको नाममा चौधरीलाई आममाफी दिएर सर्वोच्चको फैसलाको समेत अवज्ञा गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं : रेशम चौधरी
पार्टी अध्यक्षताको मान्यता पाउन रेशम चौधरी सर्वोच्चमा
आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने रेशम चौधरी पक्षको निर्णय
पार्टीको अध्यक्ष म हुँ, रञ्जिताजी निवर्तमान अध्यक्ष हुनुहुन्छः रेशम चौधरी
प्रधानमन्त्रीलाई भेटेर रेशमले भने– गठबन्धनलाई समर्थन गर्ने–नगर्नेबारे केन्द्रीय समितिबाट निर्णय लिन्छौँ