कृष्ण शर्मा ह्वाइट हाउसका लागि भाषा विज्ञ नियुक्त

बुधबार, ०५ पुस २०७४, १२ : १२
कृष्ण शर्मा ह्वाइट हाउसका लागि भाषा विज्ञ  नियुक्त

चितवन । अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ ।

यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन् । नियुक्तिबारे शर्माले आफुलाई भाषा विज्ञको रूपमा नियुक्ति गरेको छोटो प्रतिकृया दिए ।

शर्माले नेपालमा हुँदा दी राइजिगं नेपाल अंग्रेजी दैनिकमा उप सम्पादकको रूपमा सात वर्ष  सेवा गरी अमेरिकामा गएर दि वासिंगटन पोष्टमा करीव छ वर्ष काम गरेका थिए ।
त्यसपछि उनले वासिगंन डिसिस्थित न्याय बिभागमा भाषा शास्त्रीको रूपमा कÞरीब पाँच वर्ष सम्म काम  गरे । शर्मा नेपाल अमेरीका पत्रकार सघं नेजाका पूर्व अध्यक्ष पनि हुन् । 

प्रतिक्रिया दिनुहोस