एजेन्सी । चीनले बनाएको सी ९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ । आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सी ९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो । यो जहाज कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको हो । जहाज बनाउने प्रक्रिया सन् २००९ मा थालनी भएको थियो । यसबीचमा जहाज निर्माताले जहाज बनाउनेदेखि परीक्षण उडान गर्नेदेखिका काम पूरा गरेका थिए । सन् २०१७ मा यो जहाजको पहिलो परीक्षण उडान गरिएको थियो ।
चाइना इस्टर्न एयरलाइन्सले चीनमै बनेको उक्त जहाज व्यावसायिक उडानका लागि किनेको थियो । निर्माताले गत डिसेम्बरमा जहाज एयरलाइन्सलाई दिएका थिए । कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाका उपाध्यक्ष झाङ युजिनका अनुसार अहिले यो मोडलका १२ सय जहाज किन्न अर्डर आइसकेको छ ।
३८ लशमलव ९ मिटर लामो उक्त जहाज ११ दशमलव ९५ मिटर अग्लो छ । जहाजको नाममा भएको सीको अर्थ चाइना हो भने ९ को अर्थ दीर्घकालसम्म टिक्ने र १९ को अर्थ १९० सिट क्षमता भन्ने हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ जेठ २०८०, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० प्रतिशत कर लगाउने ट्रम्पको आदेशविरुद्ध चीनले प्रतिवाद गर्ने
चीनमा भूकम्प अपडेट : कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते
चीनको तरकारी बजारमा आगलागी, ८ जनाको मृत्यु
चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
तिब्बतमा विश्वको सबैभन्दा ठुलो बाँध बनाउँदै चीन