भरतपु्रमा प्रेस सेन्टरको बैठक सम्पन्न

बुधबार, ०५ पुस २०७४, ११ : ४१
भरतपु्रमा प्रेस सेन्टरको बैठक  सम्पन्न

भरतपुर ।  प्रेस सेन्टर नेपाल चितवन शाखाको नियमित बैठक आज बुधवार भरतपु्रमा सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल चितवन शाखाका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षता एव्म प्रेस सेन्टर नेपालका केन्द्रिय कोषाध्यक्ष शुरेशचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न वैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले क्रान्तिकारी पत्रकार संघ चितवनको सम्पूर्ण सदस्यलाई प्रेस सेन्टरमा समाहित गर्ने निर्णयको स्वागत गरिएको छ । तत्कालिन संघका अध्यक्ष सुर्य वराल र सम्पूर्ण सदस्य पत्रकार साथीहरुलाई प्रेस सेन्टरमा विधिवत स्वागत गर्दे आवश्यक तयारीपछि उचित  र महत्वपूर्ण जिम्मेवारी दिईने समेत निर्णय गरिएको वैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । 

सो वैठकले गत मंसिर २१ गते सम्पन्न प्रनिनिधीसभा र प्रदेशसभा निर्वाचनको क्रममा प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त प्रचारप्रसार समितिसंग समन्वय गरी सूचना सम्प्रेषण गर्न अहोरात्र खट्नुहुने चितवनका सम्पूर्ण संचारकर्मी साथीहरु र संचारसंस्थाहरु,पत्रकारसंग सम्वन्धित छाता संस्था पत्रकार महासंघ चितवन,विभिन्न पेशागत संघसंगठनहरु प्रेस चौतारी,प्रेस युनियन,क्रान्तिकारी पत्रकार संगठन,मिडिया नेपाल लगायत सवै संघ संगठनका प्रमुख तथा सदस्यज्यूहरु र सूचना सम्प्रेषणको विभिन्न चारणमा समन्वय गर्ने राजनीतिक दलहरुप्रति आभार व्यक्त गरेको छ ।

साथै सो निर्वाचनमा विजयी हुनुहुने प्रनिनिधी तथा प्रदेशसभा सदस्यज्यूहरुलाई एकमुष्ठ वधाई ज्ञापन गर्दै चितवनको विकासका लागि यो कार्यकाल कोशेढुंङा सावित होस् भन्ने कामना सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

वैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय कोषाध्यक्ष शुरेशचन्द्र अधिकारीले प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुक विकास र सम्वृद्धिको यात्रामा अगाडि वढेको उल्लेख गर्दै प्रेस सेन्टरका सम्पूर्ण सदस्यहरुलाई आगामी दिनमा सोही अनुरुपको खवरदारी गर्दे संचारकर्ममा लाग्नुहुन निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस