काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।
अहिलेसम्म भारतलाई हराउन नसकेको नेपालले त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेवाट हुने खेलमा समुह बिजेताका लागि पुरै मेहनत गर्नेछ ।
यसअघि सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जुन खेलमा पहिलो दुई सेट जितेको नेपाल त्यसपछि लगातार तीन सेट गुमाए सँगै रजत पदकमा सीमित हुन परेकाे थियाे । अहिले पुनः नेपाल भारतसँग भिडनका लागि तयारी अवस्थामा रहेको हो ।
समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरेका टोली हो । त्यसैले यी दुई टोली तेस्रो जितसहित समूह विजेता बन्ने लक्ष्यमा आज एक आपसमा प्रतिस्पर्धामा देखिने छन् ।
आजै हुने समूह बीको अर्को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन् । लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका टोली हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलमा इन्डो-नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू
महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने
बौदीकालीले जित्यो अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने