काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ तथा पुराना उद्योग सञ्चालन गर्ने विषय सकारात्मक रहेको बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ भन्दै कटाक्ष गरे ।
सांसद राणाले भने, ‘बल्ल सरकारलाई चेत आएछ कि हामीले पञ्चायतकालका उद्योगहरु बेचेर सिध्याएर खाएको गलत गरेका रहेछ भनेर बल्ल चेत आएछ र नयाँ र पुराना कारखानालाई ब्युँझाउने कुरा आयो ।’ सांसद राणाले सुकुम्वासी समस्या एउटा तमासा भएको टिप्पणी गरे । देशमा ३० वर्षदेखि राजनीतिक पार्टीहरुले कार्यकर्ता भर्ना गर्ने र आफ्ना कार्यकर्तालाई सुमसुम्याउने र थम्थम्याउँने काम भएको बताए ।
३० वर्षमा देशमा ३६ वटा सुकुम्वासी आयोग बनेको भन्दै अझै तमासा गरिरहने भनी प्रश्न गरे । उनले यो वर्षदेखि सरकारले सुकुम्वासी समस्या बन्द गर्न आग्रह गरे । उनले विदेशी लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने वातावरण सहज नभएको भन्दै उनीहरुका लागि सहज वातावरण बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद सचिवालय पुग्यो धवलशमशेर पक्राउ परेको सूचना
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : राणा
चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ: धवलशमशेर राणा
२० मिटर जग्गा छोड्नुपर्ने फैसला पुनरावलोकन गर्नुपर्छ : धवलशमशेर राणा