नीति तथा कार्यक्रम पुर्नलेखन गर्न राप्रपाको माग

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, १५ : ००
नीति तथा कार्यक्रम पुर्नलेखन गर्न राप्रपाको माग

काठमाडौं । सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने माग बढ्दै गएको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट सरकारको नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने बताएको भोलीपल्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समेत नीति तथा कार्यक्रम पुर्नलेखनको माग गरेको हो ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने बिचार व्यक्त गरेका हुन् ।

उनले भने ‘अहिलेको आर्थिक संकटलाई यसले सामना गर्न सक्दैन। आगामी संकटलाई सामना गर्ने कुरा आउनुपर्थ्यो। यो सामान्य अवस्थामा ल्याउने जस्तो छ। हामीले ल्यायौँ हामीसँग बहुमत छ। पास गर्छौं भन्न पाउनुहुन्छ। तर, यो देश सरकारमा बस्नेको मात्रै होइन। हाम्रो पनि हो । यही नीति तथा कार्यक्रम पारित भए देश बिग्रिन्छ।’त्यसैले यो नीति तथा कार्यक्रम पुर्नलेखन गरिनुपर्छ  ।

प्रतिक्रिया दिनुहोस