काठमाडौं । एनआईसी एसिया लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५८.९३ प्रतिशतले घटेर २३ करोड २४ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । यस लघुवित्तको अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ करोड ६० लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ३४.९६ प्रतिशतले घटेर ७७ करोड ६७ लाख ६६ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ५६.६३ प्रतिशतले घटेर ३३ करोड ४५ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ६६ पैसा छ । खराब कर्जा ३.४५ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १२ : ३०
लेखकबाट थप