नारायणगढ जेसीजको अध्यक्षमा अधिकारी निर्वाचित

मंगलबार, ०४ पुस २०७४, १८ : २३
नारायणगढ जेसीजको अध्यक्षमा अधिकारी निर्वाचित

नारायणगढ जेसीजको ४० औं अधिवेशनवाट अर्जुन अधिकारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

सोमवार राती भएको निर्वाचनमा अध्यक्ष पदमा अधिकारीले प्रतिद्धन्दी रुद्र सापकोटालाई ३१ मतले पराजित गर्नुभएको हो । ९६ जना सदस्य रहेको नारायणगढ जेसीजमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि गरिएको निर्वाचनमा अधिकारीले ५४ र सापकोटाले २३ मत प्राप्त गर्नुभयो ।

अधिवेशनवाट कार्यकारीणी उपाध्यक्षमा अमृतकुमार श्रेष्ठ र सुर्यभक्त अधिकारी निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै उपाध्यक्षहरुमा अनिल लोहोनी, पदम श्रेष्ठ, सुवास गौतम, प्रकाश काफ्ले र निर्देशकहरुमा अर्जुन शर्मा, अविनाश खनाल, कपिल श्रेष्ठ र सन्तोष पण्डित निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनवाट अध्यक्षमा निर्वाचित भए लगत्तै संस्थाका प्रचलन अनुसार अधिकारीले महासचिवमा विकासमान श्रेष्ठ, कोषाध्यक्षमा मदन घिमिरे र कानुनी सल्लाहकारमा अनोज जोशीलाई मनोनयन गर्नुभएको छ ।
सन् २००४ मा जेसीज सदस्य बन्नुभएका नवनिर्वाचित अध्यक्ष अधिकारीले नारायणगढ जेसीजको सहसचिव, उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, महासचिव र कानुनी सल्लाहकारको जिम्मेवारी पुरा गरिसक्नुभएको छ । मानवअधिकार र विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल नवनिर्वाचित अध्यक्ष अधिकारी सञ्चारकर्मी समेत रहनुभएको छ । सन् २०१८ का लागी अध्यक्षमा निर्वाचित अधिकारीलाई बर्ष २०१७ का बर्तमान अध्यक्ष वावुराम रामदामुले केहीदिन भित्र पदहस्तान्तरण गरेपछि कार्यकाल आरम्भ हुनेछ ।
युवावर्गको नेतृत्व र ब्यक्तित्व विकासमा क्रियाशिल संस्था जेसीजमा १८ देखि ४० बर्ष उमेर समुहका युवा युवती संगठित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस