चितवन । एक छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी सेवा ठप्प पारिएको छ । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले बुधबार आफ्नै कोठामा अत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका हुन् ।
शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । पीडितले न्याय र पीडकलाई सजाय नभएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गर्ने विद्यार्थी संघर्ष समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन मेडिकल कलेज क्षेत्र विस्तार अभियानमा, मर्ज गरेर सुरु भो सिएमसी चुरेहिल हस्पिटल
चितवन मेडिकल कलेजमा स्तन क्यान्सरको बहिरङ्ग सेवा निःशुल्क
आफ्नो लिङ्ग आँफै काटेर अस्पताल पुगेका युवकको भरतपुरमा शल्यक्रिया
परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या