प्लास्टिकभन्दा सिसा वातावरणका लागि कसरी हानिकारक छ ?

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, १३ : ५६
प्लास्टिकभन्दा सिसा वातावरणका लागि कसरी हानिकारक छ ?

काठमाडौँ। इसापूर्व ३२५ देखि ३५० को बीचमा बनेको स्पेयर वाइन बोतललाई सबैभन्दा पुरानो बोतलका रूपमा लिने गरिन्छ । अहिले पनि जर्मनीको स्पेयरको संग्राहलयमा त्यो बोतल राखिएको छ ।सन् १९८७ मा त्यस विषयमा अनुसन्धान गर्दा त्यसभित्र इथानोल मिसिएको तरल पदार्थ भएको बताइयो । तर त्यो पुरानो बोतल खोलिएको भने छैन ।

अति पुराना वाइन चाख्न्दा पारखिहरुले ख्याल गर्नुपर्छ । किनभने त्यसको स्वाद निकै तिख्खर हुन्छ ।भण्डारणका लागि प्रयोग गरिने सिसाको व्यापक प्रयोग इतिहासदेखिनै भइरहेको छ । खानेकुरालाइ दीर्घरुपमा राख्नका लागि सिसाको प्रयोग हाल पनि उत्तिकै छ ।सिसमा मानव जीवनको यस्तो अभिन्न बन्यो कि सन् २०२२ मा संयुक्त राष्ट्रसंघलेनै सन् २०२२ मा अन्तर्राष्ट्रिय सिसा दिवसनै घोषणा गर्यो । सिसाको सांस्कृतिक योगदान र वैज्ञानिक प्रयोगको सम्मानस्वरूप राष्ट्रसंघले दिवसको घोषणा गरेको हो ।

सिसाको गुणस्तर, शुद्धता र स्थायित्वलाई असर नगरी यसलाई असीमित रूपमा पुनर्प्रयोग गर्न मिल्छ । फुटेका सिसाको धुलो बनाएर त्यसलाई पगालेर फेरि बोतल वा अन्य भाँडा बनाउन सकिन्छ। सिसाको पुनर्प्रयोग दर अन्य सामग्रीको भन्दै धेरै छ । युरोपमा सिसाको पुनर्प्रयोग दर ७६ प्रतिशत छ भने प्लास्टिकको ४१ र काठको ३१ प्रतिशत छ ।

ग्लासले प्लास्टिकभन्दा कमनै प्रदूषण गर्छ । प्लास्टिकका स(साना अवशेष माटोमा मिसिएमा त्यसले माटोलाई असर गर्छ भने सिसाले कुनै असर पुर्‍याउँदैन । ‘सिसामा प्राकृतिक पदार्थ सिलिका हुन्छ यसले माटोलाइ कुनै असर पुर्‍याउँदैन,’ सिसाको पुनर्प्रयोग व्यवसायमा संलग्न फ्रान्सिका ट्रटम्यान भन्छन्। पृथ्वीमै पाइने एक किसिमको धुलोको ५९ प्रतिशत सामग्री प्रयोग हुने भएकाले सिसाले कुनै प्रदुषण नगर्ने उनी बताउँछन् ।

यस कारणले पनि सिसालाई प्लास्टिकभन्दा दीगो मानिन्छ ।यद्यपि सिसाको लागि आवश्यक पदार्थ सिलिका स‌ंकलनका लागि जथाभावी उत्खनन भएमा यसले वातावरणमा नकरात्मक प्रभाव पार्छ। सिलिकाको खानी उत्खनन जथाभावी उत्खनन भएमा वातावरणमा असर पुर्‍याउनुका साथै जैविक विविधतामा असर पुर्याउँछ ।सिलिका खानीमा काम गर्ने मजदुरहरूको आधारभूत मानवअधिकारको उल्लंघन भएको पाइन्छ । भारतको शंकरागरमा यस्तो भेटिएको हो । अध्ययनका अनुसार सिलिकाको धुलो मानव शरीरमा पसेमा यसले स्वास्थमा नकरात्मक असर पुर्‍याउँछ । यसले फोक्सोमा असर पुर्‍याउने भएकाले श्वासप्रश्वासको समस्या देखिन्छ।

सिलिकाका लागि बालुवा खानी उत्खननले हाल गुणस्तरयुक्त बालुवाको समेत अभाव हुँदै गएको छ । पानी पछि सबैभन्दा धेरै उपयोग हुने प्राकृतिक बस्तुमा बालुवानै पर्छ । हरेक वर्ष विश्वमा ५० अर्ब टनभन्दा बढी बालुवाको प्रयोग हुँदै आएको छ । माइक्रोचिप्सका लागि आवश्यक पदार्थ खोज्न देखि घर तथा पूर्वाधार निर्माणमा बालुवाको प्रयोग हुँदै आएको छ । राष्ट्रसंघका अनुसार बालुवाको प्रयोग आवश्यकताभन्दा अत्यधिक छ ।

सिसा पग्लिनका लागि अल्मुनियम वा प्लास्टिभन्दा धेरै तापको आवश्यकता हुन्छ । नयाँ सिसा बनाउनेक्रममा अत्यधिक कार्बन उत्सर्जन पनि हुन्छ । अन्तर्राष्ट्रिय ऊर्जा संस्थाका अनुसार सिसा उद्योगले वार्षिक करिब ६० मेगाटनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन गर्छन् । ब्रुक नाम संस्थाको अध्ययन अनुसार सिसाको भाँडा भन्दा प्लास्टिकको भाँडाले वातावरणलाई कम प्रभाव पारेका छन् । प्लास्टिकलाई धेरै पुनर्प्रयोग गर्न नसके पनि सिसाको उत्पादनको प्रक्रियासँग तुलना गर्दा वातावरणमा प्लास्टिकको भन्दा सिसाको हानी बढी देखिएको हो ।

सिसालाई पगाल्नका लागि १५०० डिग्री सेल्सियसको तापक्रम आवश्यकता पर्छ। पगालेपछि त्यसलाई आवश्यकता अनुसारको आकार दिइन्छ । नयाँ भाँडा बनाउने क्रममा पुराना सिसाको धूलो प्रयोग गरिन्छ । यसले ऊर्जा खपतलाई २ देखि ३ प्रतिशतले कमी ल्याउँछ । पुराना सिसाको धुलो प्रयोग गर्दा कम तापक्रममा पनि सिसालाई पगाल्न सकिन्छ । यसले कार्बन उत्सर्जनमा पनि कमी ल्याउँछ ।

सिसाको पुनर्प्रयोगका लागि त्यसलाई पगाल्नु अनिवार्य भएकाले ऊर्जाको प्रयोग पनि अत्यधिक हुन्छ भने कार्बन उत्सर्जन पनि बढी नै हुन्छ ।एउटा सिसाको भाँडोलाई १२ देखि २० पटकसम्म पुनर्प्रयोग गर्न सकिन्छ । विश्वभर ग्लासको पुनर्प्रयोग दर बढी नै छ । युरोपियन युनियनका मुलुक र बेलायतमा पुनर्प्रयोगको दर ७४ देखि ७६ प्रतिशतसम्म छ । तर अमेरिकामा भने यसको दर ३१ दशमवल ३ प्रतिशत छ ।अमेरिकामा यसको दर कम हुनुको कारण भने त्यहाँ पुनर्प्रयोगको सम्पूर्ण प्रक्रिया राम्रोसँग पालना गरिंदैन ।

त्यहाँ छनोटको प्रक्रिया सही नहुँदा सिसाको पुनर्प्रयोग दर कम भएको हो । सीसाको धुलोबाट अमेरिकाले इन्सुलिनमा प्रयोग हुने फाइब बनाउँछ । अमेरिकाले एकल स्ट्रिम विधि प्रयोग गर्छ भने अन्यले बहु स्ट्रिम विधिको पालना गर्छ ।सिसाको रंगले पनि त्यसको पुनर्प्रयोगमा असर गर्छ । उदाहरणका लागि हरियो सिसा ९५ प्रतिशतसम्म पुनर्प्रयोग गर्न मिल्छ भने रंगरहित सिसाहरू ६० प्रतिशतसम्म मात्रै पुनर्प्रयोगमा प्रसोधन गर्न सकिन्छ । पुनर्प्रयोगमा आउन सिसाहरूलाई दुईपटक पगाल्नुपर्छ । एकपटक धुलोलाई र अर्कोपटक त्यसलाई आकार दिनका लागि । तर नयाँ सिसाबाट भाँडा बनाउनुभन्दा पुरानो सीसाको धुलोबाट भाँडा बनाउन कम उर्जा खपत हुन्छ ।

धेरै उद्योगमा सिसाले महत्वपूर्ण योगदान पुर्‍याएकोमा कुनै सन्देह छैन । यसको स्थायित्व र हानिकारिक पदार्थ नहुने भएकाले खाद्य सामग्री लामो समय राख्नका लागि सिसा आवश्यकनै छ । तर सिसालाई असीमित रूपमा प्रयोग गर्ने मिल्ने भएकाले यसले वातावरणलाइ हानी नगर्ने भाष्य भने गलत छ। पुनर्प्रयोगको विधिलाइ हेर्ने हो भने सिसाले प्लास्टिक जत्तिकै हानी पुर्‍याइरहेको छ ।सिसा बनाउँदा लामोसमयसम्म प्रयोग गर्न मिल्न गरी बनाइने र यसको पुनर्प्रयोगको विधिले वातावरणमा हानी पुर्‍याउने भएकाले सीसालाई निकै जनतसाथ लामोसमयसम्म प्रयोगका लागि मानिसहरू सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस