अर्घाखाँची । आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो ।
कोरियाबाट रोजगारी गरेर घरमा आएका ३६ वर्षीय माधव बेल्वासे घर नजिकै लागेको निभाउन गए । आगो निभाउने क्रममा घाइते माधवको उपचारका सिलसिलामा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भयो । उनको मृत्यु भएपछि घरमा रहेका २६ वर्षीया श्रीमती राधा बेल्वासे र नाबालक दुई छोराको बिचल्ली भएको छ । छोरा अढाइ वर्ष र एक वर्षका छन् । कमाउने र केही गर्ने छोरा गयो ६८ वर्षीया आमा गिरी बेल्वासेले भक्कानिँदै भनिन्, “साना छोरा र बुहारीको यो अवस्था हाम्रो त बिचल्ली भयो ।”
मङ्गलबार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएकामा उपचारका लागि लैजाँदै गर्दा बाटोमा तथा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ बैशाख २०८०, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…
बाराका एक युवकले आफ्नै शरीरमा आगो लगाए
गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा