काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि भइरहेको ओमान र कुवेतबीचको खेल रोकिएको छ । कीतिैपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल पानी परेपछि रोकिएको हो । खेल रोकिनुअघि कुवेतले दिएको १३१ रनको चुनौती ओमानले पछ्याइरहेको थियो ।
खेल रोकिने बेलासम्म ओमानले विना विकेटको क्षतिमा ६ ओभरको समाप्तिमा ४१ रन बनाएको छ । तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करण केसीले लिए साउदी अरेबियाको दोस्रो विकेट
नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा झारियो
ललित राजवंशीले लिए हङ्कङको चौथो विकेट
एकै ओभरमा ६ छक्काको कीर्तिमानः युवराज पहिलो, दीपेन्द्र पाँचौ