२ सय १७ सम्पदा पुनर्निर्माण हुन २ अर्ब लाग्ने

पत्रपत्रिकाबाट

बुधबार, १३ बैशाख २०८०, ०८ : ०४
२ सय १७ सम्पदा पुनर्निर्माण हुन २ अर्ब लाग्ने

काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार २ अर्ब रुपियाँको व्यवस्था भए आगामी आर्थिक वर्षमा सबै सम्पदाहरू पुनः निर्माण सम्पन्न हुनेछ ।

बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा कठिनाइ परेको जिकिर गर्दै प्रवक्ता कुँवरले नेपालले भने– ‘बजेट अभाव नभएको भए दुई वर्षअघि नै सम्पन्न हुने थियो ।

सरकारले माग गरेअनुसार बजेट व्यवस्था गरे अबको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न भइसक्नेछ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस