काठमाडौँ।चालू आर्थिक वर्ष २०७९र८० को ९ महिनाको अवधिमा नेपालबाट १६ करोड रुपैयाँको डाइपर निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको डाइपर निर्यात भएको हो । यस अवधिमा २ करोड ६० लाख पिस डाइपर निर्यात भएको छ । र, नेपाबाट निर्यात भएको सम्पूर्ण डाइपर भारतमै गएको तथ्यांकमा उल्लेख छ । यस्तै, यस अवधिमा विदेशबाट १ अर्ब ५४ करोडभन्दा धेरैको डाइपर आयात भएको छ ।
विदेशबाट ९ महिनाको अवधिमा ९ करोड ३० लाख ५३ हजारवटा डाइपर आयात हुँदा सरकारले ४५ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा विश्वका १० वटाभन्दा धेरै देशबाट डाइपर आयात भएपनि मूख्यगरी भारत र चीनबाटै आयात हुने गरेको छ । यस अवधिमा भारतबाट १ अर्ब ३६ करोडको डाइपर आयात भएको छ भने चीनबाट १८ करोड १७ लाख रुपैयाँको डाइपर आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १३ : ०१
लेखकबाट थप