काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बिहीवार ती दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पुरा नभए काठमाडौं उपत्यका लगायतका स्थानबाट ल्याइने फोहोर बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी दिएका हुन् ।
गत वर्ष शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका वडाअध्यक्ष र स्थानीय सरोकारवालहरुबीच विभिन्न सम्झौता भएका थिए । दुई नगरपालिकाले सम्झौता अनुरुपका बुँदाहरु तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै ७ बुँदे प्रस्ता अघि सारेका छन् । विज्ञप्तिमा फोहोर मैला व्यवस्थापनका लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्युन प्रभाव पर्ने फोहोरमैला व्यवस्थापन गर्न र बञ्चरडाँडाबाट निस्किएका फोहोरको लिच्चडलाई कोल्पुखोालामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने ।
सिसडोल र बञ्चरेडाँडामा के कस्ता प्रकृतिका इआइए गरियो, कति गरियो, कार्यान्वयनको अवस्था कस्तो रह्यो र कुन कुन निकायबाट इआइए गरियो सोको जानकारी उपलब्ध गराउनुपर्ने, ककनी गाउँपालिका र धुनिवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्नुपर्ने लागयतका माग राखिएको छ । यसअघि बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले पनि विभिन्न माग राखी पुनः आन्दोलन गर्ने घोषणा गरिसकेको छ । समितिले पूर्व सहमति कार्यान्वयन नगरिएको भन्दै आगामी वैशाख मसान्तसम्म आफ्ना सबै माग सम्बोधन नभए जेठ १ गतेदेखि फोहोर फाल्न नदिने चेतावनी दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने