एजेन्सी । स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले क्याडिजलाई २-० ले पराजित गरेको छ।
शनिबार राति भएको खेलमा च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगको तयारी गरिरहेको रियलले क्याडिजमाथि २-० को जित निकालेको हो।
जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी १० अंकमा झारेको छ।
पहिलो हाफ गोलरहित बराबरी भएको दोस्रो हाफमा डिफेन्डर नाचोको सानदार गोलमार्फत् रियलले अग्रता बनाएको थियो। उनले ७२ औँ मिनेटमा २५ यार्डबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो।
पहिलो गोल गरेको ५ मिनेटपछि नै मार्को एसेन्सियोले टिमका लागि दोस्रो गोल गरेका थिए। रियलले मंगलबार दोस्रो लेगमा चेल्सीको सामना गर्दैछ।
खेलपछि रियल म्याड्रिडको २९ खेलबाट ६२ अंक भएको छ। शीर्ष स्थानको बार्सिलोनाको २८ खेलबाट ७२ अंक रहेको छ।
शनिबार नै भएका लिगका अन्य खेलमा एट्लेटिको बिल्बाओले रियल सोसिडाडलाई २-० ले पराजित गर्दा रियल बेटिसले स्पानियोललाई ३-१ ले हरायो। त्यस्तै, रियल भालाडोलिडले भिल्लारियललाई २-१ ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०३ बैशाख २०८०, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपियन च्याम्पियन्स लिग : सिटी र रियलबीच रोमाञ्चक बराबरी
दुई गोलले हारबाट बच्यो रियल