गण्डकी । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए ।
“नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्”, उनले भने, “लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।”नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान
अलमलमा पर्यो पोखरा र भैरहवा विमानस्थल अध्ययन उपसमिति
पोखराबाट उडे पूर्वराजा, विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई