काठमाडौं । संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।यसअघि सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई पटक छलफल भइसकेको छ ।
शुक्रबार दिउँसो १ बजे पनि बैठक बस्ने तय भएको थियो । तर बैठक स्थगित भएको छ। नेताहरुका अनुसार एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको बताएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो । अर्को बैठकको मिति तय भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ बैशाख २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ दलीय मोर्चाको बैठक बस्दै
पूर्वराजाको आह्वानपछि राप्रपाले बोलायो कार्यसम्पादन बैठक, राणाले गरे दीप प्रज्ज्वलनको उर्दी
अर्थ र पूर्वाधार समितिको बैठक बस्दै
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
सिंहदरबारमा सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक
भूमि अध्यादेश अस्वीकार गरेका उपेन्द्र यादवलाई बालुवाटार बैठकबाट फोन