राष्ट्रिय महिला फुबटबल टोलीका चार खेलाडी भारत प्रस्थान

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १५ : ४१
राष्ट्रिय महिला फुबटबल टोलीका चार खेलाडी भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी एकै पटक भारतीय महिला लिग खेल्न त्यसतर्फ लागेका छन् । राष्ट्रिय महिला टोलीका विभिन्न क्लबमा आवद्ध भएका चार खेलाडी लिग खेल्न भारत गएका हुन् ।

टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा सेथु एफसीमा आवद्ध भएकी छिन् । एञ्जिलासँगै गीता राना पनि सेथुमा अनुबन्ध भएपनि घुँडाको चोटको कारण उनले लिग गुमाएकी छन् ।

भारतसँगकै मैत्रीपूर्ण खेलमा घुँडामा चोट बोकी गीता शल्यक्रियापछि आराम गरिरहेकी छन् । चोटकै कारण गीताले घरेलु मैदानमा भएको पेरिस ओलम्पिक अन्तर्गत भियतनामसँगको दुई खेल गुमाइन् ।

राष्ट्रिय टोलीकै मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु किकस्टार एफसीबाट लिग खेल्ने छन् । राष्ट्रिय टोली कै मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भने गोकुलम केरला आवद्ध एफसीमा आवद्ध छिन् ।

सावित्राले यसअघि सेथु एफसी र गोलकुलमबाट लिग खेल्दा दुवै पटक टोलीलाई च्याम्पियन बनाएकी थिइन् । सावित्रा तेस्रो संस्करण भारतीय लिग खेल्दैछन् भने अन्य खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन् ।

राष्ट्रिय टोली कै दिपा शाही भने लड्स फुटबल एकेडेमीमा आवद्ध भएकी छन्। उनी केही दिन पछि भारत जानेछिन् । आईलिगमा यो पटक १६ टोलीले लिग खेल्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । भारतीय महिला लिग २५ अप्रिलबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस