नयाँ वर्षमा महालक्ष्मी ट्रायल सेन्टरको बिशेष अफर, ड्राइभिङ्ग कोर्षमा ३० प्रतिशत छूट

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, ०८ : ३५
नयाँ वर्षमा महालक्ष्मी ट्रायल सेन्टरको बिशेष अफर, ड्राइभिङ्ग कोर्षमा ३० प्रतिशत छूट

चितवन । नेपाल सरकारबाट आधिकारिक ट्रायल सेन्टरको मान्यता पाएको नेपालकै ठूलो र सुविधा सम्पन्न महालक्ष्मी ट्रायल सेन्टरले नयाँबर्ष एवं ट्रायल शुभारम्भको अवसरमा बिशेष छूटको व्यवस्था गरेको छ ।

भरतपुर महानगरपालिका ८ तीनतले चोक स्थित महालक्ष्मी ट्रायल सेन्टरले सवारीसाधन चलाउन सिक्न चाहनेका लागि नयाँवर्ष एवं ट्रायल शुभारम्भको अवसर पारेर प्रशिक्षणमा ३० प्रतिशत छूट दिने भएको हो ।

ट्रायल सेन्टरका सञ्चालक डम्बर थापाका अनुसार १५ दिने र १ महिने ड्राइभिङ कोर्षमा ३० प्रतिशत छूट दिइएको हो । उनका अनुसार टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि रहेको छ । साथै विदेश जानेहरुका लागि अन्तराष्ट्रिय मापदन्ड अनुसारको विशेष कोर्षको व्यवस्था रहेको छ ।

सवारी प्रशिक्षणका लागि ट्रायल सेन्टरमा १५ वटा जीप तथा कार, ५० वटा मोटरसाइकल, २५ वटा स्कुटरलगायत आवश्यकता अनुसारको साधनहरु सहज उपलब्ध छन् । ट्रायल सेन्टरमा मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेभी सवारी साधन, ट्याक्टर दक्ष प्रशिक्षकद्धारा सिकाइने उनले बताए ।

उक्त ट्रायल सेन्टरमा एकै दिनमा ४ सय भन्दा बढी प्रशिक्षार्थीहरुलाई सिकाउन सकिने क्षमता रहेको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार उक्त ट्रायल सेन्टर सन्चालनको अनुमती पाएको थियो ।

दुई बिघा दस कट्ठा क्षेत्रफलमा फैलिएको ट्रायल सेन्टर बिभिन्न जिल्लाका १५ जना युवा उद्यमीले दश करोड भन्दा बढीको लगानीमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस