नेपाली ब्याडमिन्टन खेलाडी सञ्जीवले अस्ट्रेलियामा जिते स्वर्ण

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १४ : ०३
नेपाली ब्याडमिन्टन खेलाडी सञ्जीवले अस्ट्रेलियामा जिते स्वर्ण

काठमाडौं। पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सञ्जीव खड्काले ओशिनिया नेपाली खेलकुद प्रतियोगितामा पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन्। ब्याडमिन्टन ओपन पुरुष एकलमा स्वर्ण र ब्याडमिन्टन ओपन पुरुष डबल्समा हरि गोतामेसँगको साझेदारीमा उनले कास्य पदक पनि जिते। 'स्वर्ण पदक जित्न पाउँदा निकै खुसी र गर्व महसुस भएको छु', सञ्जीवले भने। अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको ओसेनिया क्षेत्रका नेपाली मुलका खेलाडीहरू सम्मिलित ओसेनिया नेपाली मिट हो।

ओशिनिया नेपाली खेलकुद प्रतियोगितामा सञ्जीवको यो दोस्रो स्वर्ण हो। यसअघि सन् २०१८ मा सिड्नीमा भएको ओएनएस एममा पनि उनले स्वर्ण जितेका थिए।प्रतियोगितमा अष्ट्रेलिया र न्युजिल्यान्डका गरी ७०० जनाभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो। कैलालीको धनगढीमा जन्मिएका सञ्जीव अध्ययनको सिलसिलामा हाल अस्ट्रेलिया बस्दै आएका छन्।उनी २ वर्षदेखि साउथर्न तास्मनिया ब्याडमिन्टन संघ अस्ट्रेलियामा प्रशिक्षकका रूपमा पनि कार्यरत छन्।हालै उनलाई मलेसियाको ब्याडमिन्टन खेल सामग्री उत्पादन संस्था 'फेलेट'ले  ब्रान्ड एम्बेस्डरसमेत नियुक्त गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस