धर्म निरपेक्षता खारेजी नभए जनसंघर्ष गर्ने कमल थापाको चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०७५, १७ : २३
धर्म निरपेक्षता खारेजी नभए जनसंघर्ष गर्ने कमल थापाको चेतावनी

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा धर्मनिरपेक्षता खारेजी नभए कडा रुपमा जनसघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार काठमाडौमा हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि राष्ट्रिय जनजागरण अभियानको औपचारिक शुभारम्भ शुभारम्भ गर्दै अध्यक्ष थापाले छिटो भन्दा छिटो धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको घोषणा गर्न माग गर्दे माग पुरा नभए जनसघर्ष गर्ने चेतावनी दिनुभएको हो । अध्यक्ष थापाले सहमतिका आधारमा हिन्दु राष्ट्र घोषणा होस भन्न पार्टीको चाहना रहेको स्पष्ट पार्नुभयो ।

उहाले राप्रपाले जनसघर्ष गरे मुलुकको आर्थिक सामाजिक राजनीतिक क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तनको ढोका खोल्ने दाबी गर्नुभयो । त्यस्तै उहाले जनजागरण अभियान सरकारका बिरुद्ध, कुनै धामिर्क संघसंस्थाको विरुद्ध नभई करिव ९४ प्रतिशत ओमकार परिवार र सनातन धार्मिक मूल्यामान्यतामा आस्था राख्ने नेपालीहरुको पहिचानको रक्षाको अभियान भएको धारणा राख्नुभयो । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको भन्दै उहाले नेपालको सामाजिक आर्थिक राजनीतिक रुपान्तरणको आधार नेपालको सनातन मूल्य र मान्यता भएको जिकिर गर्नुभयो ।

राप्रपाको गत जेठमा सम्पन्न केन्द्रीय परिषदको निर्णय अनुसार पार्टीले राष्ट्रव्यापी जनजागरण अभियानको थालनी गरेको जनाएको छ । धर्म निरपेक्षताको अन्त र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र पुनस्र्थापनाका लागी राप्रपाले आवाज उठाउदै आएको छ । जनजागरण अभियानमा बालसन्त जगदगुरु मोहनशरण आचार्य सहित धार्मिक गुरुहरु, अभियन्ताहरु र विभिन्न धार्मिक संघसंस्थाहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस