काठमाडौं। प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए। यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
हमासले भने क्षेप्यास्त्र कसले हान्यो ? भन्ने बारे कुनै जानकारी नभएको बताएको छ। पछिल्लो १७ वर्षमा लेबनानबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली प्रहरीले जेरुसेलमको अल अक्सा मस्जिदमा प्यालेस्टिनीहरूसँग लडाइँ गर्दा यस क्षेत्रमा हिंसा बढेको बेला यो हमला भएको हो।अर्कोतर्फ, हमासको नियन्त्रणमा रहेको गाजाबाट पनि इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको वायुसेनाले यी हवाई आक्रमणको जवाफ दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार
इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो
इजरायल र हमासबीच युद्ध विरामको संकेत
वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदै