काठमाडौं । विमल घर्ती मगरले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग हार टार्दै १-१ को बराबरी खेलेको छ ।एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा दुवै गोल खेलको अन्त्यतिर भएको थियो ।सत्यम शर्मा ८६औं मिनेट पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए ।
तर हिमालयनले सम्भावित जितका लागि अग्रता जोगाउन सकेन ।हार नजिक पुगिसकेको मछिन्द्रका लागि विमलले इन्जुरी टाइमको पाँचौ मिनेटमा ओभरहेड कि गोल गर्दै खेल बराबरी गरे ।भुटानी कप्तान चेन्चो ग्याल्सेनले यसै खेलबाट मछिन्द्रका लागि खेल्दै ए डिभिजन लिगमा डेब्यु गरे ।जारी लिगमा मछिन्द्रको यो तेस्रो बराबरी हो । ६ खेल खेल्दा १ जित र ३ बराबरीबाट ६ अंक जोडेको मछिन्द्र अंकतालिकामा ११औं स्थानमै छ ।समान खेलबाट ६ अंक नै रहेको हिमालयन गोलअन्तरमा अघि रहँदै १०औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, १६ : ३६
लेखकबाट थप