काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताएका हुन् ।
गठबन्धनले आफूलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताउँदै उनले भने, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र नेपाली काँग्रेसले नै जितको क्षेत्र हो । अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मतभन्दा बढी मत थप्न अहिले जति प्रतिस्पर्धी साथीहरू हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरू र पार्टीको पूरा स्ट्रक्चर र गठबन्धनका संरचनाहरू एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ ।’नेता भट्टराईले आफूले जित्ने आधार धेरै रहेको बताउँदै सबैभन्दा ठुलो आधार भनेको आफूले गरेका कामहरू नै भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, १४ : ३०
लेखकबाट थप