ठूला दल शक्तिशाली मन्त्रालय नछाड्ने अडानमा

पत्रपत्रिकाबाट

बुधबार, १५ चैत्र २०७९, ०७ : ४९
ठूला दल शक्तिशाली मन्त्रालय नछाड्ने अडानमा

काठमाडौं । सत्ता गठबन्धन दलहरूबीचमा मन्त्रालय भागबन्डामा किचलो बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सानाठूला गरी १० दललाई सहभागी गराउनेगरी मन्त्रालय भागबन्डाको तयारी गरे पनि सहमति जुट्न सकेको छैन । 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने अडान लिएपछि बैठक निष्कर्षविहीन बनेको खबर राजधानी दैनिकमा छापिएको छ ।‘ठूला दलले विकासे र प्रभावशाली मन्त्रालय नछाड्ने साना दलले कामचलाउ मन्त्रालय नमान्ने भएपछि मन्त्रालयको नाममा कुरा मिल्न सकेको छैन’, गठबन्धन आबद्ध दलका एक नेताले भने ।