काठमाडौँ । एप्पलले आइफोनको मूल्य घटाएको छ। कम्पनीले आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्सको मूल्य घटाएको हो।
विश्व बजारमा निकै महङ्गो एवम् लोकप्रिय ब्राण्ड बनेको एप्पले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन- १४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ र २५६ जिबी क्षमताको आइफोन-१४ प्रोको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ पुगेको हो।
त्यस्तै, १२८ जिबी क्षमताको आइफोन- १४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ र २५६ जिबी क्षमता भएको आइफोन- १४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ।
पछिल्लो समय अन्य फोनहरूमा पनि आइफोनकोभन्दा एड्भान्स फिचर आइरहँदा पनि यसको लोकप्रियतामा भने कुनै कमी देखिँदैन । नयाँ मूल्यसँगै नेपालमा पनि आइफोन- १४ को विभिन्न मोडल खरिद गर्न सकिन्छ। पछिल्लो समय नेपालमा पनि आइफोन प्रयोगकर्ताहरू धमाधम बढीरहेका छन्।
नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ चैत्र २०७९, ०९ : ४८
लेखकबाट थप