काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने बाचा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘राजनीतिक स्थिरिता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका छौं । र उभिरहने बाचा गर्दैछौं ।’
त्यसैले प्रधानमन्त्रीले पहिलो पकट विश्वासको मत लिँदा संसदमा प्रतिपक्षमा रहेर पनि विश्वासको मत दिएको उनको भनाइ छ । ‘त्यो मतदान राजनीति स्थिरताका लागि थियो । मैले त्यही बेला भनेको थिएँ – संसदको अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठ्न थालेका छन् । मुलुक अस्थिरता र अन्योलतामा जाने अवस्था बनेको छ ।’
उनले अगाडि भने,‘हामीले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरिताका लागि विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका थियौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक
जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय बन्यो: देउवा
चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं : देउवा
देउवा-ओली ट्युनिङ थप सशक्त