निर्वाचनपछि राजनीतिक स्थायित्व कायम भएको छः माधव नेपाल

सोमबार, ०३ पुस २०७४, १८ : ३४
निर्वाचनपछि राजनीतिक स्थायित्व कायम भएको छः माधव नेपाल

काठमाण्डौ । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब बन्ने नयाँ सरकारले देश र जनताको हितमा काम गर्ने दाबी गरेका छन् ।  नेता नेपालले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम भएको पनि स्पष्ट पारे । सोमबार काठमाडौंमा आयोजित ‘विमस्टेक’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थापित वैदेशिक नीतिअनुसार नयाँ सरकार अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेता नेपालले बामपन्थी गठबन्धन सरकारले देश र जनताको हित अनुकूल हुनेगरी आफ्नो सम्पूर्ण काम कार्वाहीलाई अघि बढाउने आश्वासन पनि दिए । नेता नेपालले विमस्टेकजस्ता  अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरुबाट लाभ लिन सक्ने गरी नेपालले क्षमता बढाउनुपर्नेमा पनि जोड दिए । वरिष्ठ नेता नेपालले राष्ट्र हितको पक्षमा लिइएको नीतिलाई नयाँ सरकारले दृढतापूर्वक अघि बढाउने पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस