काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन् ।
आज (शुक्रबार) सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँगको भेटमा उनले उक्त टिप्पणी गरेका हुन् । ‘बिग हाउस’हरुले थर्काएर, किनेर, फकाएर पत्रकारहरुलाई प्रभावित पारिरहेको बताउँदै त्यसबाट मुक्त हुन आग्रह समेत गरे ।
मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाइ छ । पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै उनले त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।
सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको पनि बताए । उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा ऐन निर्माणको तयारी भइरहेको छ : सभामुख घिमिरे
'संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख घिमिरे
रक्षाबन्धन राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिको पर्व : सभामुख घिमिरे
संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चलेको हुनुपर्छ : सभामुख घिमिरे
महालेखा परीक्षकलाई संसद्ले सक्दो सहयोग गर्छ : सभामुख घिमिरे
सभामुख घिमिरे र युएईका राजदूतबीच भेटवार्ता