कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित रेजिना उप्रेतीको उम्मेदवारी

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, २० : ४२
कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित रेजिना उप्रेतीको उम्मेदवारी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको निर्वाचन यही ४ चैतमा हुँदैछ । अहिले सम्पूर्ण चलचित्र कलाकारहरुको ध्यान यही चुनावतर्फ केन्द्रित छ ।

यो निर्वाचनमा नायिका रेजिना उप्रेतीले अध्यक्षमा उम्मेदवारी दिएकी छिन् । बुधबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो समुहको उम्मेदवारहरुको नाम सार्वजनिक गरेकी छिन् ।

रेजिनाको समुहमा अध्यक्षको उम्मेदवार उनी आफैं छिन् । यस्तै यो समुहको दुई उपाध्यक्ष उम्मेदवारमा शिबहरि नेपाल ‘बैरागी’ र सरिता गिरी रहेका छन् । यसैगरी महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा बिनोदकुमार भट्टराई रहेका छन् ।

यस्तै रेजिनाको समुहबाट कार्यसमिति सदस्यहरुको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु खड्का), खिन्न भण्डारी (भोला) निर्मल स्याङतान(बुद्धिमान) , नितु कोईराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ(डिबी) इश्वर बल्लभ उप्रेती, भिमसेन बजगाईं, राजकुमार कार्की, लक्ष्मण चौलागाई (खिम्तेकाका) , राजेश गोसाई रहेका छन् ।

कार्यक्रममा अग्रज कलाकारहरु मदनदाश श्रेष्ठ, नरेश पौड्याल, अभिनेता रमेश उप्रैती, निर्देशक नारायण पुरी, निर्देशक शोभित बस्नेत, अभिनेत्री पल्पसा डँगोल, गीता नेपाल, सम्राट सापकोटा, सिताराम पोखरेलसहित थुप्रै कलाकारहरुले रेजिनाको टिमलाई जिताउन कार्यक्रममा अपिल गरे ।
अढाई दशकदेखि आफु अभिनेत्रीको रुपमा नेपाली चलचित्र क्षेत्रमा कृयाशिल रहेको र संघमा दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका कारण यसपटक अध्यक्षमा आफ्नो समुह सहित उम्मेदवारी दिएको अभिनेत्री रेजिना उप्रेतीले कार्यक्रममा बताईन् ।

आफ्नो समुहको चुनावी घोषणपत्र समेत उनले सो कार्यक्रममा सार्वजनिक गर्दै संघमा निर्वाचिन भएको दिनबाटै सुझाब पेटिका राखेर सोही अनुसार काम सुरु गर्ने बताउँदै उनले विभिन्न ११ शिर्षकमा करिब ३० वटा योजनाहरु सो कार्यक्रममा सार्वजनिक गरिन् । आफुहरुले पुरागर्न सक्ने भएकाले यी ३० वटा योजनाहरु सार्वजनिक गरेको पनि उनले बताए ।

सो घोषणा कार्यक्रममा उपाध्यक्षका उम्मेदवारद्धय शिबहरि नेपाल बैरागी, सरिता गिरी, महासचिवकी उम्मेदवार पनाह अधिकारी, सचिवका उम्मेदवार जीवन थापा र कोषाध्यक्षका उम्मेदवार बिनोदकुमार भट्टराईले पनि आफ्नो उम्मेदवारीबारे प्रकाश पार्दै संघमा गएपछि गर्ने काम प्रति प्रतिवद्धता जनाएका छन् । उनीहरु आफुहरुको समुह एक भएर चुनावमा अघि बढ्ने भन्दै आफुहरुको टिमलाई जिताउन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस