काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतलनिवासले सच्याएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया बिगारिएको तस्बिर अपलोड गरेको थियो । देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गर्ने काम भएको भन्दै आलोचना भएकामा शीतल निवासले दुई दिनपछि फोटो सच्याएको हो ।
यसअघि शीतल निवासले सार्वजनिक गरेको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई अनावश्यक रुपमा सम्पादन गरेको हटाइएको थियो भने छालाको रङ्गलाई पनि अनावश्यक सम्पादन गरिएको थियो । पछिल्लो पटक राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ तस्बिरमा पौडेलको सबै हुलिया दुरुस्त देखिन्छ।यसअघि गालाको दुबै कोठी हटाइएकामा नयाँ तस्बिरमा देखाइएको छ भने सम्पादन पनि राम्रो छ । पौडेलले पुस २८ मा राष्ट्रपतिको शपथ लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १४ : ३७
लेखकबाट थप