चितवन । भरतपुर महानगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको रिङ रोड र लिङक रोडको शुक्रबार शिलान्यास गरिएको छ । रोडको एक कार्यक्रमका बिच पुर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले रिबन काटेर शिलान्यास गर्नुभयो ।
शिलान्स कार्यक्रमलाई सम्बोधन गर्नु हुदै पुर्व प्रधानमन्त्री प्रचण्डले रिङरोड र लिङ्करोड चितवन विकासको कडी भएको उल्लेख गर्नुभयो । रिङरोड र लिङ्करोडको विनियोजन भएको २ अर्ब बजेट पनि अघिल्लो सरकारकै पालामा विनियोजन भएको जानकारी दिनुभयो । बजेटले चितवनलाई सम्बोधन नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजना मार्फत सम्बोधन हुदै जाने उल्लेख गर्नुभयो । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पुर्वधार विकास हुने उहाँको भनाई छ ।
रिङ रोड अन्र्तगत भरतपुर २२ घौलाघारी र भरतपुर ३ पुलचोक गरि दुई स्थानबाट निर्माण कार्य प्रारम्भ हुनेछ । भरतपुर महानगरपालिका भित्र रिङ रोडका लागि ९५ किलोमिटर कालोपत्रे गरिने छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख कुमार प्रसाद घिमिरेका अनुसार रिङ रोडको कालो पत्रेको चौडाई ७ मिटरको हुनेछ । रिङ रोड निर्माणका लागि पुरानो बाटोहरुलाई नै समावेश गरिएको भए पनि त्यस बाहेक ८ किलोमिटर नयाँ स्थानबाट बाटो विस्तार हुनेछ । २ बर्ष भित्र निर्माण सम्पन्न गरि सक्नुपर्ने सम्झौता छ ।
लिङ्करोड र रिङ्रोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमा नै पूरा हुने बताउनु हुन्छ । प्याकेज नम्बर एक र प्याकेज नम्बर दुईको योजना विवरण अनुसार कालोपत्रे सडक र ढल निर्माणको काम अगाडि बढाइने उहाँले बताउनु भयो ।
सडक निर्माणका लागि दुई वटा प्याकेज बनाएर काम सुरु गरिएको छ । भरतपुर महानगरपालिकामार्फत् सञ्चालन हुने दुई वटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसँग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ । प्याकेज नम्बर एकको लागि कान्छाराम सन्तोषी डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ ।
यसैगरी प्याकेज नम्बर दुईको लागि रमन शिवशक्ति जेभीसँग ६८ करोड २३ लाख १५ हजार रुपैयाँको निर्माण सम्झौता भएको छ । ठेक्का सम्झौता मितिदेखि नै काम सुरु भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सुरेन कुँवर
शुक्रबार, २९ असार २०७५, १६ : ४९
लेखकबाट थप