बालबालिकाहरु विद्यालयबाटै धेरै कुराहरु सिक्दछन् । विद्यालय र घरमा जस्तो शिक्षा पायो पछि व्यवहारमा पनि उस्तै उतार्ने गरेका छन् । त्यसैले विद्यालय उमेरमा उचित शिक्षा दिनु निकै आवश्यक छ । यही अवस्थालाई मध्यनजर गर्दै पछिल्लो समय बढ्दै गईरहेको दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरीले विद्यालयलाई उपयुक्त ठानेको छ ।
चितवनमा ट्राफिक प्रहरीले विद्यालयहरुमा ट्राफिक शिक्षालाई जोड दिएको छ । ट्राफिक प्रहरीले जिल्लाका विद्यालयहरुमा ट्राफिक शिक्षक राख्नुको साथै ट्राफिक चिन्ह अंिकत ठूला बोर्डहरु विद्यालय परिसरमा राख्न सुरु गरेको छ । सोमबार भरतपुरको नारायणी नमुना उच्च माविमा ट्राफिक चिन्ह अंिकत ठूला बोर्ड राखेर ट्राफिक सचेतनाको अभियान सुरुवात गरिएको छ ।
नारायणगढमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्मिसेसले उपलब्ध गराएको ट्राफिक चिन्ह अंिकत ठूलो बोर्ड विद्यालयमा टाँगिएको छ । सो बोर्ड सोमबार नै विद्यालयमा एक कार्यक्रमकाबीच एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्मिसेस नारायणगढका निर्देशक डिल्लीराम अधिकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तलाई हस्तान्तरण गर्नुभयो । एक्सपर्टले ट्राफिक प्रहरीलाई करिव ३ लाख रुपैयाँ बराबरको ट्राफिक चिन्ह अंिकत ठूलो बोर्ड र ट्राफिक व्यवस्थापनका लागि ड्रम हस्तान्तरण गरिएको एक्सपर्ट नारायणगढका निर्देशक अधिकारीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले विद्यालयस्तरबाटै ट्राफिक शिक्षा दिन सकिए दुर्घटना न्यूनीकरण हुन सक्ने बताउनुभयो । यही अवस्थालाई मध्यनजरले एक्सपर्टले ट्राफिक प्रहरीले सहयोग गरेको बताउनुभयो । उहाँले चितवनमा ट्राफिक सचेतनाको कार्यक्रम बढाउन एक्सपर्ट सदैव तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले विद्यार्थीहरुलाई अहिले नै ट्राफिक चिन्ह जानी राखे विश्वका जुनसुकै कुनामा पनि जाँदा काम लाग्ने भएकाले ध्यान दिएर सिक्न आग्रह गर्नुभयो । उहाँले चितवनमा दुर्घटना न्यूनीकरणका लागि विद्यालय स्तरकै ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडी, विद्यालयका सल्लाहकार समितिका संयोजक इश्वरी पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ट्राफिक प्रहरीलाई प्रदान गरिएको बोर्ड जिल्लाका विभिन्न विद्यालयहरुमा टाँगिने छ ।
प्रतिक्रिया दिनुहोस