काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमै साविक विजेता मछिन्द्रलाई हराएको जावलाखेलले एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एनआरटीलाई २-० ले हराउँदै सिजनको दोस्रो जित निकालेको हो ।
जावलाखेलका लागि कप्तान सिमान्त थापाले ६८औं र फोडे फोफानाले ७७औं मिनेटमा गोल गरे । एनआरटीका लागि सन्जिव विष्टले ८०औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १९ : ४४
लेखकबाट थप