खोटाङ । खोटाङमा प्रहरीले बालविवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २२ वर्षीय युवाबीच हुन लागेको विवाह रोकिएको हो ।
स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो ।
अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मंगलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवाबीचमा विवाहको तयारी भएको थियो । बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाई बुझाई गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
अझै रोकिएन बालविवाह