काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताएकी छिन् ।
उनले भनिन्, ‘मुलुक सूचना प्रविधिमा फड्को मार्नुपर्छ । त्यसको लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गरी आधारहरु खडा गर्नुपर्छ । फाइभ जी सेवा लागू गरे पश्चात अर्थतन्त्र लगायत अन्य विषयमा कति लाभ हुन्छ भन्ने विषयको लेखाजोखा गर्न आवश्यक छ ।’
बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको बताइन् ।
उनले फोर जी सेवा बिस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमडीएमएस ढिलोचाँडो लागु हुन्छ : सञ्चारमन्त्री शर्मा
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
राससलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड
आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
मुलुकको व्यवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध हुनुपर्छ : सञ्चारमन्त्री शर्मा