काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन ।
आइतबार राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताइन् ।
उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन, कानूनहरुलाई संशोधन, परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयीक सुधार गर्ने बताइन् । मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरुका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् ।
उनले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् । उनले संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पतीको संरक्षण, संवद्र्धनलाई प्राथमिकता दिएर आम्दानीका अन्य स्रोतहरु खोज्न सुझाव दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमडीएमएस ढिलोचाँडो लागु हुन्छ : सञ्चारमन्त्री शर्मा
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
राससलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड
आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
मुलुकको व्यवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध हुनुपर्छ : सञ्चारमन्त्री शर्मा