किसानलाई मौरीको घार वितरण

सोमबार, २५ असार २०७५, १९ : ०९
किसानलाई मौरीको घार वितरण

चितवन । चितवनको कालिका नगरपालिकाका किसानहरुलाई एक कार्यक्रमका बिच मौरीको घार वितरण गरिएको छ । मिलीजुली मौरीपालन सहकारी संस्था लि. कालिका – १, लंकालाईनमा भएको कार्यक्रम मिलीजुली मौरीपालन पकेट समूहका अध्यक्ष नवीन प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदानमा ३७ जना किसानलाई १ सय ११ मौरीका घार वितरण गरिएको हो । त्यस्तैगरी किसानहरुलाई ९ वटा स्टीलको महदानी र २५ वटा मैनबक्स समेत वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका उपमेयर कमला भट्टराई, विशिष्ट अतिथि कालिका वडा नं. ३ का वडा अध्यक्ष एवम् कृषि समितिका संयोजक टिकाराज रिजाल, कालिका नगरपालिका कृषि शाखा प्रमुख कमला न्यौपाने, समूहका सचिव रवि अधिकारी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
 

 

प्रतिक्रिया दिनुहोस