'मेरो डिस्काउन्टस्' एप चितवनको भरतपुरमा शुभारम्भ

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, ०८ : १५
'मेरो डिस्काउन्टस्' एप चितवनको भरतपुरमा शुभारम्भ

चितवन । ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ ।

एप्सको बिहीबार भरतपुरमा शुभारम्भ गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले सूचना र प्रविधिको युगमा विभिन्न एप्सहरु बजारमा आएको भन्दै मेरो डिस्काउन्टस् एपले उपभोक्तालाई सबै सेवा एकैठाउँमा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

सबैको हातमा मोबाइल हुने भएकाले धेरै उपभोक्ताहरुले एप्सको प्रयोग गर्ने भन्दै उनले सबै सेवासुविधा एकैठाउँमा पाउँदा ग्राहकहरुलाई सहज र उपभोक्तामैत्री सेवा प्रवाह हुने बताए । पछिल्लो समय आफ्नो होटलको करिब ५० प्रतिशत कोठाहरु अनलाइनबाट बुकिङ हुने गरेको भन्दै चुकेले मेरो डिस्काउन्टस् एप्सलाई होटल तथा रेष्टुराँहरुसहित सबै सेवासुविधा जोड्न सुझाव दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उत्पादित वस्तुको बजारीकरणमा अनलाइन बजार उत्कृष्ट गन्तव्य भएको बताए । डिजिटल मार्केटिङले वस्तुको उचित मूल्य पाउन सघाउन पु¥याउने भएकाले सबैको पहुँचमा एप्स लैजानुपर्ने श्रेष्ठको भनाइ थियो । मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन डिजिटल बजारको मुख्य भूमिका हुने भएकाले एप्सले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।

मानिसको दैनिक जीवनमा नभई नहुने सम्पर्ण आवश्यकताहरु पूरा गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदिप चौधरीले बताए ।

चितवनको भरतपुरमा आज आयोजित एप्सको शुभारम्भ तथा पत्रकार सम्मेलनमा चौधरीले यो एप्सले नेपाली उपभोक्तालाई मात्र नभएर विदेशमा रहेका नेपाली तथा पर्यटकहरुलाई पनि फाइदा पु¥याउने बताए ।

विश्व बजारमा रहेका प्रख्यात अनलाईन मञ्चहरुको विशेष सुविधाहरु मेरो डिस्काउन्टस् एप्समा संलग्न गरी तयार पारिएको चौधरीको भनाइ छ । “हामीले सजिलो र सहज रुपमा हाम्रो ग्राहकहरुले खरिद गरिने प्रत्येक सेवा तथा सुविधाहरुमा विशेष छुट दिने लक्ष्य राखेर एप्स सञ्चालन गरेका छौँ” चौधरीले भने।

यस एप्सबाट व्यवसायीहरुलाई उच्च ब्राण्डको स्पष्ट मञ्च प्रदान गरी व्यापार बढाउन मद्दत गर्ने चौधरीले बताए ।कम्पनीकी जनसम्पर्क अधिकृत अञ्जना मल्लले एप्सको मद्दतबाट ग्राहकवर्गहरुलाई सजिलै सेवा सुविधा लिन सक्ने वातावरण सृजना हुने बताए ।

मेरो डिस्काउन्टस्बाट मध्यम वर्गका ग्राहकहरुले पनि स्तरीय सेवा र सुविधाहरु उपयोग गर्न सक्ने उनको भनाइ छ । एप्सको मद्दतले व्यवसायीको बिक्री वितरण बढाउन र नयाँ व्यवसायीहरुलाई थप प्रोत्साहन गरी अगाडि बढ्न सहयोग पुग्ने मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस