आर्थिक बर्ष सकिनै लाग्दा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका ५ पदाधिकारीसहित करिव एक दर्जन व्यक्तिको चीन भ्रमण प्रस्ताव वन मन्त्रालय पुगेको छ ।
बजेट सक्ने उदेश्यले समितिका अध्यक्ष वीरेन्द्र यादव, बोर्ड सदस्यहरु विदुर भारती, रामदयाल यादव, डा. मोतीलाल रिजाल र दीपा प्रधानसहित समितिका सदस्यसचिव हेमलाल अर्याल र उसचिव श्रीप्रसाद बरा तथा अर्थ र वन मन्त्रालयका प्रतिनिधिलगायतको प्रस्ताव स्वीकृतिका लागि मन्त्रालयमा पेस भएको हो ।
सदस्यसचिव अर्यालले भने असार मसान्तभित्र समितिका धेरै काम गर्नुपर्ने भएकाले आफु सहभागी नहुने बताएका छन् ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ असार २०७५, ०८ : ३८
लेखकबाट थप