ट्वीटरले किन गर्यो २ महिनामा ७ करोड अकाउण्ट बन्द ?

एजेन्सी

शनिबार, २३ असार २०७५, १४ : ५७
ट्वीटरले किन गर्यो २ महिनामा ७ करोड अकाउण्ट बन्द ?

अमेरिका। ट्वीटरले सात करोड फर्जी अकाउण्ट (खाता) बन्द गरिदिएको छ । कम्पनीले गएको मे र जून महिनामा विशेष क्याम्पियन गरेर यस्ता खाता पत्ता लगाएको थियो ।

जसले मानिसहरुलाई ट्रोल र अफवाह फैलाउने काम गरिरहेका थिए । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसारराजनीतिक दवाव परेपछि ट्वीटरले यस्तो कारबाही गर्न बाध्य भएको हो ।

अर्कोको देशबाट सञ्चालन गरिएको फर्जी अकाउण्टमाथि निगरानी गर्न नसकेको भन्दै अमेरिकी संसदले केही समय अघि ट्वीटरको कडा आलोचना गरेको थियो । अपवाह फैलाउने झुठा अकाउण्टका कारण अमेरिकी राजनीति प्रभावित भएको उसले बताएको थियो ।

अकाउण्ट बन्द गर्ने कार्य अहिले तीब्रगतिमा भइरहेको छ । गएको अक्टोबरको तुलनामा अहिले दोब्बर बढी हो । पछिल्ला केही महिनामा दैनिक १० लाखसम्म अकाउण्ट बन्द गरिएका छन् ।

भारतमा पनि ट्वीटरमा धेरै ट्रोलका घटना घटेका छन् । केही समय पहिला कांग्रेस नेता प्रियंका चतुर्वेदी र उनकी छोरीलाई फर्जी अकाउण्टबाट धम्की आएको थियो ।

त्यसैगरी विदेशमन्त्री सुष्मा स्वराजलाई पनि ट्रोल गरिएको थियो । भारतमा मात्रै ट्वीटरका ३.०४ करोड ट्वीटर प्रयोगकर्ता छन् । सन २०१९ सम्म यो संख्या बढेर ३.४४ करोड पुग्ने अनुमान छ ।

गएको महिना ट्वीटरले आफ्नो नीति परिवर्तन गर्दै प्रयोगकर्ताले आफ्नो प्लेटफर्ममा अर्कालाई घृणा गर्ने तथा हिंसा फैलाउने पोष्ट गरे कडा रुपमा प्रस्तुत हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस