नहरमा डुबेर मोरङमा एक बालकको मृत्यु

रासस

शुक्रबार, २२ असार २०७५, १० : ४८
नहरमा डुबेर मोरङमा एक बालकको मृत्यु

प्रतिकात्मक फोटो

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस