सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, ०७ : २७
सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

इनरुवा । सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान- ३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान- १५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१-०२-००३ह २६५५ नंको सिटी सफारी आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो । सिटी र चालक धरान-११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यसैगरी बराहक्षेत्र-७ बत्तीस आरडीस्थित सुनसरी-मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा (हिमाल) को निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए ।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस