बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका हुन् ।
सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् भने उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ता रहेका प्रदेश सभा सचिवालयका सचिव पुनले जानकारी दिए। नेपाली कांग्रेसले भने दिउसो ३ बजेसम्म दुबै पदमा उम्मेदवारी दिएको छैन । सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा– कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल