ललितपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, ११ : ३०
लेखकबाट थप